आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्व मन्त्रि साह द्वारा जनकपुरमा निर्माणाधीन पूर्वधारका योजनाहरुको स्थलगत अनुगमन

एपी खबर २०८० मंसिर २५, सोमबार ( ११ महिना अघि) ६६ पाठक संख्या

जनकपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश प्रदेशको राजधानी जनकपुरमा निर्माणाधीन पूर्वधारका योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।अध्यक्ष साहले सहरी मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरुको निरीक्षण गरेका हुन् । उनले ती आयोजनाहरुको प्रगति समग्रमा सन्तोषजनक रहेको बताएका छन् ।

 

साह पूर्व सहरी विकास मन्त्री हुन् । उनले आफूले सुरु गराएको एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० किलो मिटर सडक कालोपत्रे, ८० किलो मिटर नाला, विभिन्न पोखरी सौन्दर्यकरण, मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा सुःखद अनुभूति भएको बताए ।आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल देखिएको उनको ठहर छ । जनकपुर बसपार्क समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको, दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको उनको भनाई छ ।

 

निर्माणाधीन आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएको उनको ठहर छ । यसतर्फ सरकारको गम्भीर ध्यान जान जरुरी रहेको उनले बताए । अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल, नेकपा (माओवादी केन्द्र) का नेता भरत साह, सहरी डिभिजन प्रमुख प्रदीप खनाल, आजपाका प्रवक्ता चन्द्रभुषण (सिबी) साहलगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस