आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रान्सफर्मर चोरी गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ

एपी खबर २०८० पौष १८, बुधबार ( १० महिना अघि) १७१ पाठक संख्या

बारा : बारा प्रहरीले ट्रान्सफर्मर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी विन्धवा सोनीमा ग्राम बस्ने २२ वर्षीय जैसिलाल यादव रहेको प्रहरीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले सिम्रौनगढ नगरपालिका ३ स्थित श्रीनगर बैरिया र पचरौता नगरपालिका ५ स्थित बेल्दारीमा जडान गरेको ट्रान्सफर्मर चोरी गरेको आरोपमा यादवलाई पक्राउ गरेको हो।

 

प्राधिकरणले ट्रान्सफर्मर चोरी भएको सूचना दिएपछि खोजी गर्ने क्रममा पचरौता नगरपालिका ५ स्थित टियर खोलामा लुकाएर राखेको अवस्थामा ट्रान्सफर्मर बरामद भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए । प्रहरीले यादवको साथ बाट आठ थान क्वायल समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस