आज:  २०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कलैया उपमहानगरपालिकाको बाह्रौँ हिउदे अधिवेशन सुरु,नगर प्रहरी विधयेक पारित गरिदैं

अखिलेश कुमार यादव २०८० पौष १९, बिहिबार ( १० महिना अघि) २६७ पाठक संख्या

बारा : “शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर स्वच्छ सम्मुनत कलैया नगर, कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार” भन्ने नाराका साथ बाराको कलैया उपमहानगरपालिकाको बाह्रौं नगर सभा शुरु भएको छ । सदरमुकाम कलैया स्थित कारण राज पार्टी प्यालेशको सभा हलमा नगर सभाको नगर प्रमुख बिनोद साह र नगर उपप्रमुख रौशन परविनले संयुक्त रुपमा पानसमा बति बालेर उदघाटन गरेका हुन ।

 

हिउदो अधिवेशनमा बोल्दै नगरप्रमुख साहले कलैया उपमहानगरपालिकाको प्राथमिकतामा शिक्षा,स्वास्थ्य र कृषि रहेको सोहि अनुसार उपमहानगरले अहिले काम गरिरहेको बताए ।कलैया उपमहानगरपालिकाको बिकाशको लागि कसैले एक्लै केहि गर्न न सक्ने भएकोले सबैले हातेमालो गरेर कलैया उपमहानगरपालिकालाई बिकाशको गति तिर उनमुख गर्न आग्रह गरे । प्रमुख प्रशासकिय अधिकृत नाथु साहले स्वागत मन्तब्य दिदै नगर सभा यो हिउदे नगर सभा भएको बताए । यसमा आवस्यक नीति निर्माणका लागि यो अधिवेशन गरिएको बताए । आवस्यक तीन वटा बिधेक पास गरिने समेत बताए ।

असारमा पारित भएको नीति तथा कार्यक्रममा थप घट गर्नुपर्ने योजनाहरुलाई थप घट गर्न यो सभाले आवस्यक कदम चाल्ने र सोही बमोजिम अगाडी बढ्ने बताए । कलैया उपमहानगरपालिकाको बाह्रौँ हिउदो अधिवेशनमा कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परविनले नीति तथा कार्यक्रम बारे प्रस्तुत गरेकी थिईन । उनले कलैया उपमहानगरपालिकाले आन्तरिक राजश्व प्राप्त वडा कार्यालय र कर शाखा बाट रु चार करोड चौबिस लाख पांच हजार नै सय पैतिस रुपैया राजश्व अहिले सम्म यस आर्थिक बर्ष उपमहानगरमा आएको बताईन ।

त्यस्तै उनले आर्थिक बर्ष ०८०/०८१ को मङ्सिर सम्म १५० वटा कृषक समूह गठन गरिएको र ५० प्रतिशत अनुदानमा १२०० जना कृषकलाई गहुँको बिउ वितरण गरिएको बताईन । कलैया उपमहानगरपालिकाको बाह्रौँ हिउदे अधिवेशन तिन दिन सम्म चल्ने प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए । यस नगर सभा बाट नगर प्रहरी विधयेक पास हुने समेत साहले बताए ।उक्त हिउदे अधिवेशनमा नगर सभा सदस्य र कार्यापालिका सदस्यहरुल आपनो राय प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस