रौतहट :धाकधम्की दिएर रकम माग गर्ने एक जना व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।रौतहटको एक ब्यापारीलाई बारम्बार फोन गरेर धाक धम्कि देखाएर पैसा माग गरे पछि अनुसन्धानको क्रममा रौतहट प्रहरीले पक्राउ गरेर बिहिवार सार्वजनिक गरेको छ ।पक्राउ पर्ने जिल्लाको -फतुवा विजयपुर नगरपालिका -८ बस्ने बर्ष ३५ को श्रीभगवान साह रहेको रौतहट प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार साहले व्यापारीलाई १० देखि १८ गतेसम्म फोन गरेर पाँच लाखदेखि ५० लाखसम्म माग गरेका थिए।आफुले माग गरेको अनुसार पैसा न दिएमा परिवारका सबै सदस्यलाई मारिदिने धम्की दिएका प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन्। उनीहरुविरुद्ध आपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै यस घटनामा संगलंगन अन्यलाई खोजतलास कार्य भईरहेको समेत रौतहट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस