बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी माघ ७ गतेदेखि १३ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बसेको बैठकले उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे निर्णय गरेको छ।
प्रतियोगिताका लागि उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई अनिवार्य सहभागिताको लागि पालिकाले अनुरोधसमेत गरेको छ।प्रतियोगिता जनता माध्यमिक विद्यालय रजघट्टामा हुनेछ। प्रतियोगितामा सहभागी विद्यालयले माघ १ गतेदेखि ६ गतेसम्म नाम लेखाइसक्नुपर्नेछ।
प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ। गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने उपमहानगरपालिकाले जनाएको छ।प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ।प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) तर्फ छात्रः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले, छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले), उफ्रने र फ्याक्ने (फिल्ड तर्फ) छात्रः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ८००ग्राम , सटफुट १२ पाउण्ड छात्राः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, जस्ता खेलको आयोजना गरिएको जनता माबिका प्रधान्ध्यापक राजु अधिकारीले बताउनु भयो ।
यसपाली उपमहानगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गराउने जिम्मा जनता माध्यमिक विद्यालय रजघट्टालाई उपमहानगरले दिएको छ।यसपाली प्रतियोगितामा २ अतिरिक्त खेलमा महिलाको लागि फूटबल,पुरुषको लागि क्रीकेट खेल पनि हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस