रौतहट । रौतहटमा घरको भुक्तानीको माग गर्दै दलितहरुले प्रदर्शन गरेको छ । प्रदर्शनकारिहरुले आफ्नो निर्माणाधीन घरको भुक्तानीको माग गर्दै आज रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् । गौर स्थित प्राविधिक कार्यालय घेराउ गर्दै उनीहरुले मधेस सरकारका बिरुद्धमा नाराबाजी समेत गरेका छन् ।
रौतहटको मौलापुरमा दलितहरुको निर्माण भएको घरको भुक्तानी अहिलेसम्म नपाएको र कतिपय निर्माणाधीन घरको काम पनि रोकिएकाले उनीहरु आन्दोलित भएका हुन् । मधेश प्रदेश सरकारद्वारा जनता आवास कार्यक्रम अन्तर्गत आ.ब. २०७८ मै मौलापुर नगरपालिकामा बनाउन शुरू गरेका घरहरु अझै अधुरै छन । घर निर्माण भएको भुक्तानी हालसम्म न पाएको र निर्माणाधीन घरको काम पनि रोकिएकोले पीडितहरुले गौरमा प्रदर्शन सहित प्राविधिक कार्यलय घेराउ गरेका हुन ।
प्रतिक्रिया दिनुहोस