आज:  २०८१ आश्विन ३०, बुधबार | Wed, 16, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हिजोभन्दा आधा घट्यो कोशीको बहाव

एपी खबर २०८१ आश्विन १३, आईतबार ( २ हप्ता अघि) ८१ पाठक संख्या

खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पानीको बहाव ह्वात्तै घटेको छ।

 

आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा अहिले साढे दुई बजेको अवस्था त्यसको आधा छ।

 

साढे दुई बजेको मापन अनुसार कोशीमा ३ लाख ९८ हजार ३७० क्युसेक पानीको बहाव छ। जलसतह घट्दै गएपछि कोशी तटीय क्षेत्रमा कटानको जोखिम बढ्न सक्ने सम्भावना स्थानीयबासीको छ।

 

यसअघि सप्तकोशी नदीमा पानीको बहावले अति खतराको संकेत पार गर्दै साढे ६ लाख क्युसेकभन्दा बढिको रेकर्ड बनाएको थियो। झरी रोकिएपछि आइतबार बिहानदेखि जलसतह विस्तारै घट्न सुरू भएको थियो।

 

आइतबार बिहान कोशी ब्यारेजमा सबैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड बनेको थियो।

 

उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो।

 

शनिबार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने बढेको बढ्यै थियो। कोशी नदीमा लेदोयुक्त बाढी अत्याधिक छ।

 

बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले जारी गरेको पूर्वानुमान अनुसार वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुने आकलन गरिएको थियो। जुन हालसम्मको अधिकतम बहावको नजिक हुने बताएको थियो।

 

कोशीको बहाव हिजोभन्दा आज आधा नै घटेपछि सुनसरी प्रशासनले अहिले केहीबेरमै कोशी पुलबाट आवतजावत खुला गर्ने तयारी गरेको छ।

 

‘अहिले पुलमा सरसफाइ चलिरहेको छ,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले भने, ‘अबको आधा एक घन्टापछि पछि कोशी पुलबाट आवतजावत खुला हुनेछ।’

 

सुनसरी प्रशासनले शनिबार दिउँसो ४ बजेयता पुलमाथिबाट पैदलयात्रीलाई पनि आवतजावतमा रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस