आज:  २०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

चन्द्रपुरमा चोरीको मोटरसाईकल सहित दुईजना युवक पक्राउ

एपी खबर २०८२ बैशाख ७, आईतबार ( १ हप्ता अघि) ६० पाठक संख्या

रौतहट ५ बैशाख। रौतहटको उत्तरिभेग ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाईकल सहित दुईजना युवक लाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष १९ को जयराम साह कलवार रहेको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएस्पी राजकुमार राईले न्युज कारखाना लाई बताएका छन्।

 

गत बुधबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक नजिक पश्चिम किनारमा २ जना पुरूष व्यक्ति निलो रंगको अपाचे मोटरसाईकल सहित शंकास्पद अवस्थामा बसेको हेरेर नियन्त्रणमा लिएको थियो।

 

उनीहरू सँग मोटरसाईकल नम्वर द्यच्घण्ब्डण्घघ र ईन्जिन नम्बर ःम्टघद्धब्भ्डह्ःद्दद्यज्ञद्धटछण्,च्यासिस नम्बर ब्भ्डद्यःद्दज्ञज्ञद्धद्दडढ भएको त्ख्क् कम्पनीको १६० ऋऋ को मोटरसाईकलको सवारी दर्ता,भन्सारका कागजातहरू माग गर्दा नभएको बताएका थिए।

 

दुबैजना लाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त मोटरसाईकल चोरी गरि ल्याएको पुष्टि भएकोले उनीहरू माथी चोरी सम्बन्धी मुद्दा दायर गरी म्याद थप गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ

प्रतिक्रिया दिनुहोस