आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आयो खुशी को खबर इटहरीमा सुरु नगर बस सेवा

एपी खबर २०८१ आश्विन २, बुधबार ( १ दिन अघि) १२ पाठक संख्या

काठमाडौँ । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरले आजदेखि चार वटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ ।

 

इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चार वटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो ।

 

सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरबासीको यात्रालाई सुविधाजनक बनाउने प्रयास स्वरुप सेवा प्रारम्भ भएको हो ।

 

नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० तोकिएको छ ।

 

गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरले खरिद गरेको हो । अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहज रूपमा यात्रा गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस