काठमाडौँ, कात्तिक २७ गते । स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजार रुपियाँमा कारोबार भएको छापावाला सुन मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा किनबेच भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० ले घटेको छ । सोमबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार ९२५ मा खरिदबिक्री भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस