आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एनपीएलमा काठमाडौँ गुर्खाजको पहिलो जित

एपी खबर २०८१ मंसिर १९, बुधबार ( २ हप्ता अघि) ६४ पाठक संख्या

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौँ गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो ।

 

काठमाडौँका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान करण केसीले २८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, जीशान मक्सूद र विपिन शर्माले १–१ विकेट लिए ।

 

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो ।

 

कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । काठमाण्डौका गेरहार्ड इरस्मसले २ विकेट लिए ।

 

प्रतियोगितामा काठमाडौँको यो पहिलो जीत हो । काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

 

एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स खेल्दैछन् । विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो ।

प्रतिक्रिया दिनुहोस