काठमाडौं, २८ पुस । सिद्धार्थ लाईफ केयर एण्ड डाइग्नोस्टिक प्रा।लिको र्चवारमा निःशुल्क स्वास्थ्य शिविर समपन्न भएको छ ।
कोटहीमाई सामुदायिक सिकाई केन्द्रको आयोजना तथा नेपाल सि।एल।सि। परियोजनाको सहयोगमा शनिबार मर्चवार आदर्श मा।वि मझगावांमा निःशुल्कको स्वास्थ्य शिविर गरिएको हो । मर्चवारका स्थानियवासीहरुलाई मध्यनजर गर्दै स्वास्थ्य उपचारमा केही राहत होस भनेर उक्त शिविर गरिएको लाईफ केयरका संचालक उमेश यादवले बताए ।
ुयहाँका स्थानीयवासीहरुलाई उपचारका लागि टाढा टाढा जानुपर्ने र कतिपय विरामीहरु अस्पताल टाढा भएर उपचार गराउन नपाएकोले धेरै जसो बिरामीहरु रोगसँग लडिरहेका थिए, यस्ता मानिसहरुलाई हामीले केही भएपनि उचार गरेर सहयोग गर्ने प्रयास गरेका हौं,ु उनले भने ।
शिविरबाट २०० बढीले स्वास्थ्य लाभ लिएको हाडजोर्नि तथा नशा रोग विशेष्ज्ञ डा। सचिन कार्कीले जानकारी दिए । हाडजोर्नि खिइने, छाला रोग, दम रोग र दिर्घ रोगीहरु जस्तै सुगर, प्रेसरका बिरामीहरु अत्यधिक मात्रामा आएको डा। कार्कीले जानकारी दिए ।
निःशुल्क स्वास्थ्य लाभ लिनपाउदाँ स्थानीयहरुले खुसी व्यक्त गरेका छन । उनीहरु भन्छन, ुयस्तो शिविर प्रत्येक वर्ष भए एकदमै राम्रो हुने थियो ।ु
शिवीरमा हाडजोर्नी, बाल रोग, नाक कान घाटी, छाला रोग र मेडिसीनको डाक्टर गरी ४ जनाले शिविरमा उपचार दिएका थिए । शिविरमा २ वर्षको बच्चा देखी लएर ७५ वर्षको वृद्धाहरुले उपचार गराएको सिद्धार्थ लाईफ केयरका संचालक समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस