आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना गराए महानगरले कारबाही गर्ने

एपी खबर २०८१ चैत्र ४, मंगलबार ( १८ घण्टा अघि) ३१ पाठक संख्या

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नभइ विद्यालय भर्ना गराएको पाइएमा कारबाही गर्ने भएको छ ।

 

महानगरभित्रका केही विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गराएको जनगुनासो आएपछि महानगरले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगराउन सूचना जारी गरेको हो ।

 

‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ को ९६० मा कसैले पनि शैक्षिक सत्र सुरु नभइ विद्यार्थी भर्ना नगर्न अनुरोध गरिन्छ,’ चैत ४ गते सार्वजनिक गरिएको सूचनामा भनिएको छ, ‘उक्त नियमावली विपरित गरिएको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

प्रतिक्रिया दिनुहोस