आज:  २०८२ बैशाख २४, बुधबार | Wed, 07, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सशस्त्र प्रहरीको गोताखोरले नारायणी नदीमा डुबेका दिदि भाईको शव निकाल्यो

एपी खबर २०८१ चैत्र २६, बुधबार ( ४ हप्ता अघि) ५४ पाठक संख्या

पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १ स्थित नारायणी नदीमा बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सशस्त्र प्रहरीको गोताखोरले सोही ठाउँ बस्ने दिदि भाईको शव निकालेको हो । १३ वर्षिय बालिका दिक्षा सेर्पुञ्जा र ९ वर्षिय बालक स्वपनिल सेर्पुञ्जा नुहाउने क्रममा चैत्र २६ गते साँझ उक्त नदिमा डुबेर बेपत्ता भएका थिए ।

 

उनीहरूको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंं। १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुप बहादुर बढाथोकीको कमाण्डमा टोली खटिएको थियो । टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान ११ः३० बजे र दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराईबाट अपरान्ह १२ः३० बजे निकालेको हो ।

प्रतिक्रिया दिनुहोस