आज:  २०८२ बैशाख ३, बुधबार | Wed, 16, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

कोइरालाले भने( ‘ओली सरकार बदनाम भयो’स देउवाले सही थपे( ‘हो, अब यस्तो नहोस्’

एपी खबर २०८१ चैत्र २९, शनिबार ( ४ दिन अघि) २५ पाठक संख्या

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार बदनाम छ भन्नेमा आफू कन्भिन्स रहेको संकेत गरेका छन् ।

 

आज वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाही प्रति सन्तुष्ट हुन नसकेको भन्दै यसबाट कांग्रेस समेत अप्ठयारोमा परिरहेको बताएका थिए ।

 

कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको पर्फोर्मेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटा प्रतिक्रिया दिदैँ भने ।

प्रतिक्रिया दिनुहोस