आज:  २०८२ बैशाख २५, बिहिबार | Thu, 08, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षकको माग सम्बोधन गर्न संसद अधिवेसन बैशाख १२ गते बोलाईयो

एपी खबर २०८२ बैशाख ३, बुधबार ( ३ हप्ता अघि) ७३ पाठक संख्या

शिककहरूको माग सम्बोधन गर्न बैशाख १२ गते संसद आब्हान गरिएको छ।

 

प्रधानमन्त्री निवास, वालुवाटारमा बसेको बैठकले सो निर्णय लिएको शिक्षा मन्त्री बिधा भट्टराईले जानकारी दिईन् ।

 

उनका अनुसार आजको मन्त्रिपरिषद्को मुख्य निर्णयहरु

१। संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने,

 

२। नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ ।

३। नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने ।

प्रतिक्रिया दिनुहोस