आज:  २०८२ बैशाख १६, मंगलबार | Tue, 29, Apr, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परिणत गरियो स् प्रभु साह

एपी खबर २०८२ बैशाख ११, बिहिबार ( ५ दिन अघि) ५६ पाठक संख्या

आम जनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले लोकतन्त्रलाई षड्यन्त्रमार्फत दलतन्त्रमा परीणत गरिएको बताएका छन् ।

 

नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरिएको बताएका हुन् ।

 

उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘आज १० वर्षको अभ्यास हेर्दा नेपालमा लोकतन्त्र छ कि दलतन्त्र रु’

 

वास्तविक लोकतन्त्रका लागि गद्दार नेताहरूको लुटतन्त्रबिरुद्ध निर्णायक संघर्ष अगाडि बढाउन जरूरी रहेको उनको आग्रह छ

 

अगाडि लेख्छन्, ‘आउनुहोस आज लोकतन्त्र दिवसको अवसरमा तपाईंरहामी सम्पूर्ण नेपालीहरूले संकल्प गरौं–गद्दार नेता र दलाल दलतन्त्रविरुद्धको संघर्षमा सहभागी बनौं । आम जनताको शासन स्थापना गरौं ।’

प्रतिक्रिया दिनुहोस