रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित तिनाउ नदीमा डुबेर १ जनाको मृत्यु भएको छ ।
नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुसालको शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
साथीहरूसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयले जानकारी गराएका थिए ।
लगत्तै प्रहरी घटनास्थल पुगे पनि भुसाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
लगत्तै प्रहरी घटनास्थल पुगे पनि भुसाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार अनलाईन खबर..
प्रतिक्रिया दिनुहोस