आज:  २०८१ पौष ८, सोमबार | Mon, 23, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटन-उड्डयन १७१ यात्रु लिएर आएको जजिराको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उड्यो

एपी खबर २०८१ कार्तिक २४, शनिबार ( १ महिना अघि) ८६ पाठक संख्या

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पुन: उडान सुरुवात गरेको छ।

 

विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेको जजिरा एयरवेजले प्राविधिक कारण देखाउँदै स्थगित गरेको उडानशनिवारदेखि पुनः सुरु गरेको हो।

 

शनिबार बिहान ७:४० बजे १७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ।

 

भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले नियमित उडान सुरु गरिसकेको छ भने शनिवार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबाईले उडानको सुरुवात गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

 

शनिबार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको विमानस्थल कार्यालयलेजनाएको छ। त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्हदेखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने भएको छ।

 

विमानस्थल संचालनमा आएको दुई वर्षपछि विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान भर्न थालेपछि अब भने विमानस्थल नियमित संचालन हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस