कतार एयरवेजले नोभेम्बर १२ (कात्तिक २७)देखि दोहा–भैरहवा उडान गर्ने भएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतार एयर एयरवेजले दोहा–भैरहवा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग उडान अनुमति मागेको छ ।
उक्त वायुसेवाले हप्तामा सातै दिन उडान गर्नेगरी अनुमति मागेको हो । प्राधिकरणले उडान अनुमति दिए कतार एयर एयरवेजले यही आउने मंगलबारदेखि दोहा–भैरहवा उडान गर्नेछ ।
कतार एयरवेजलाई मंगलबारबाट उडान गर्ने गरी अनुमति दिने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ । भैरहवाबाट यही कार्तिक १८ गतेदेखि थाइ एयर एसिया, जजिरा एयरवेज, फ्लाइ दुबई र नेपाल वायुसेवा निगमले व्यवसायिक उडान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस