आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

एपी खबर २०८१ जेष्ठ २९, मंगलबार ( ४ महिना अघि) ८६ पाठक संख्या

काठमाडौँ । सरकारले प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

 

संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।

 

अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।

 

अहिले संसदमा विनियोजन विधेयकमाथि मन्त्रालय गत छलफल आजदेखि शुरु हुदै छ ।

प्रतिक्रिया दिनुहोस