नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि कहिलदेखि निःशुल्क हुन्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले शिक्षा नीति व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका हुन् ।
प्रतिशतका आधारमा कूल बजेटको १०.९५ बजेट भए पनि आकारको हिसाबले नमिलेको उनले बताए । बजेटमा भएका कतिपय विषय लामा र बुझ्न नसकिने रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस