आज:  २०८१ कार्तिक २२, बिहिबार | Thu, 07, Nov, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निषेधित क्षेत्र तोड्न खोजेपछि रविका समर्थकमाथि अश्रुग्यास प्रहार

एपी खबर २०८१ कार्तिक २०, मंगलबार ( १ दिन अघि) ३४ पाठक संख्या

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखराको सडकमा उत्रेका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

जिरो किलोमिटरमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट निस्किएको विरोध र्यालीले सृजनाचोक हुँदै वाइचोकमा पुगेर नाराबाजी गरेको थियो ।
वाइचोकबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । भीडलाई तितरबितर पार्न ४ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कात्तिक ४ गतेदेखि पोखराको शहीदचोक र जिल्ला प्रहरी कार्यालय कास्की आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।

 

शहिदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्की गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस