आज:  २०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

शंकर पोखरेलको गुनासो– संघले गरेको कामको जस स्थानीय तहले लिए

एपी खबर २०८१ चैत्र ४, मंगलबार ( २३ घण्टा अघि) ४४ पाठक संख्या

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघ सरकारले गरेको कामको जस स्थानीय सरकारले लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीसमेत भइसकेका पोखरेलले केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँका स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचना गरिएको बताए ।

 

केन्द्र सरकारको बजेटबाट सम्पन्न कुन कार्यक्रममा स्थानीय तहले जस लिए भन्नेबारे चाहिँ उनले विस्तारमा खुलाएका छैनन् ।

 

महासचिव पोखरेलका अनुसार, सुरुमा केन्द्रको बजेट तथा कार्यक्रमबाट बनेका आयोजनामा जस लिने प्रवृत्ति काठमाडौं महानगरपालिकामा देखिएको थियो । अहिले देशका अन्य स्थानीय तहमा पनि यस्तै रोग विस्तार हुन थालेको उनको भनाइ छ।

 

‘केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारको नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ रु,’ सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन् ।

 

काम गर्ने व्यक्तिलाई प्रशंसित गर्ने संस्कृति नेपाली समाजको भए पनि त्यसबाट विमुख भएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

 

‘जसको काम उसको प्रशंसाको संस्कृतिवाट किन विमुख हुदैछ, नेपाली समाज रु,’ पोखरेलले प्रश्न गरेका छन् ।

 

पोखरेलको यस्तो स्ट्याटस सार्वजनिक भएपछि धेरैले जनताले तिरेको तिरोबाट बनेका आयोजनामा जस लिन अग्रसर बनेको भन्दै उनको आलोचना गरेका छन् ।

 

भोलाप्रसाद कोइराला नाम गरेका प्रयोगकर्ताले कांग्रेस र एमालेले आफ्नो घरको सम्पत्ति बेचेर विकास निर्माणका आयोजना सम्पन्न गरेका हुन् भनेर प्रश्न गरेका छन् ।

 

‘भनेपछि एमाले कांग्रेसले आफ्नो घरको सम्पत्ति बेचेर देशको लागि सडक, बाटो, पुल, पुलेसा नहर बनाएका रहेछन है रु’ उनले अगाडि लेखेका छन्, ‘नागरिकबाट श्वास फेरेको समेत कर उठाएर, नागरिकको नाममा विश्व बैंक लगायतबाट ऋण उठाएर आफ्ना लठैत पाल्दै नागरिकमाथि लात्ती बर्षाउने रु’

 

अर्का प्रयोगकर्ता मुकुन्द कट्टेलले प्रशंसायोग्य कामको स्वतः प्रशंसा हुने उल्लेख गर्दै पोस्ट्मा उल्लेख गरिएको रोग पोखरेल आफैंमा देखिएको टिप्पणी गरेका छन् ।

 

‘प्रशंसायोग्य कामको स्वतः प्रशंसा हुन्छ । प्रशंसा गर्न आग्रह गर्नै पर्दैन । कमरेड जुन रोगको आलोचना गर्दै हुनुहुन्छ, त्यो रोग यो पोस्टको अक्षर र आशय दुवैमा देखिन्छ । हाम्रो समाज नार्सिसिस्ट बन्ने भो, शुभ होइन,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस