आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बढ्दो शहरीकरणको माग, बिद्युतिय शवदाह गृह

सुप्रिया ढकाल २०७८ श्रावण २७, बुधबार ( ३ साल अघि) ४१६ पाठक संख्या

२७ श्रावण, बारा । बढ्दो शहरीकरणसंगै वनबिनासको गती पनि तिब्र हुदै गईरहेको छ । भान्सामा खाना पकाउनदेखी मानिसको अन्तिमसंस्कार सम्मका लागी हामी बनमै निर्भर छौ । यसबाहेक पनि भौतिक संरचना निर्माण, बिषेश पुजापाठ, काजक्रिया, साजसज्जा आदिमा काठदाउराको उपभोग जनघनत्वसंगै बढिरहेको छ । हिन्दु धर्मसंस्कार अनुरुप मानिसको देहान्त पश्चात गरीने दाहसंस्कारमा ७ देखी २० क्विण्टलसम्म दाउरा खपत हुने गरेको छ ।

 

यस जितपुरसिमरा उपमहानगरपालीका भित्र मात्रै दैनिक झण्डै ५० देखी १ सय क्विण्टलसम्म दाउरा दाहसंस्कारकै लागी खपत हुने गरेको छ । यो माग बाराका उत्तरी भेगका सामुदायिक तथा साझेदारी बन समितिहरुले पुर्ती गर्ने गरेका छन् । एउटा सामुदायिक बनले हरेक बर्ष ३ सय क्विण्टलसम्म काठदाउरा दाहसंस्कारका लागी मात्रै निशुल्क उपलब्ध गराउने गरेको छ ।

 

अन्य कार्यका लागी ढलेपडेका मसिना दाउराहरु २ रुपैया प्रतिकिलोमा दिने गरेको सिमरास्थित थानिमाई सामुदायिक वन उपभोक्ता समितिले २०५६ सालदेखी साधारणसभाबाटै निर्णय गरेर अन्तिम संस्कारका लागी निशुल्क दाउरा दिने निर्णय गरेको थियो । त्यस यता हरेक बर्ष ५ सय क्विण्टल सम्म दाउरा दाहसंस्कार कर्मकै लागी छुट्याउने गरीएको समितिका अध्यक्ष माधवप्रसाद त्रिपाठीले जानकारी दिनुभयो । ४ वटा सामुदायिक बनको नेतृत्व गर्ने जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रोठले बार्षिक एउटा सामुदायिक बनले ५ देखी ७ चट्टा काठ दाउरा दाहसंस्कारका लागी मात्रै छुट्याएर राख्ने गरेको बताउनुभयो ।

 

एकातिर वृक्षारोपण एवं वन संरक्षणको लागी लाखौ करोडौ खर्च गर्ने अर्कोतिर धमाधम स्टक राख्नकै लागी वन फडानी गर्ने प्रवृतीले भावि दिनमा वन संरक्षण नै चुनौतीको बिषय हुने श्रेष्ठको ठम्याई छ । श्रेष्ठका अनुसार अहिले नै दाउराको बिकल्प नसोचे भावि दिनमा काचै रुख काटेर पनि दाहसंस्कार कार्य गर्नुपर्ने हुन्छ ।

दाउराको बिकल्प के त?

क्षिण हुदै गएको बन जोगाउन र अभाव पुर्तीका लागी हरेक पाटोमा बिकल्प अपनाउन थालीसकिएको छ । भान्सामा खाना पकाउन दाउराको साटो गोबर ग्यास अनि ग्यास सिलिण्डरहरु बिकल्पका रुपमा भित्रिएका छन् भने फर्निचर एवं साजसज्जामा फलाम तथा आल्मुनियमहरुले काठको विकल्प लिईरहेका छन् । हरेक पाटोमा आधुनिकिकरण अपनाउदै आईरहदा दाहसंस्कारका लागी पनि दाउराको बिकल्प आईसकेको छ । यसको एक उदाहरण राजधानि काठमाण्डौको पशुपती आर्याघाटस्थित बिद्युतीय शवदाह गृह हो । जनघनत्व बढि भएको ठाउमा बिद्युतीय शव दाह गृह स्थापना गर्न सकिने प्राविधिकहरुले बताईरहेका छन् । यसका लागी उचित पहल र सकारात्मक सोचको आवश्यकता हुन्छ ।

बिद्युतीय शवदाह गृहको फाईदा के ?
बिद्युतीय शवदाह गृहको पहिलो फाईदा भनेकै वनपैदावारको संरक्षणमा टेवा पुग्नु हो । ब्यस्त जिवनशैलीका बावजुत शवदाहमा ४ देखी ६ घण्टाको प्रक्रिया छोटो हुन आउछ र समयको बचत हुन्छ । बिषेशतः महानगर एवं उपमहानगरपालीकाहरुमा जनसंख्या बृद्धिद्धर ह्वात्तै बढेको छ । यससंगै बढेको वातावरण प्रदुषण नौलो बिषय होईन । शवदाहका कारण नदिनाला छेउछाउका बस्तिहरुमा हुने वायु प्रदुषणलाई रोक्न पनि बिद्युतीय शवदाह गृह प्रभावकारी हुने देखीन्छ । शवदाह पश्चात बचेका काठदाउरा लगाएतका मानवअंश समेत खोलाकै पानीमा मिसाउन नपर्दा खोलाको संरक्षणलाई अर्को फाईदाको रुपमा लिन सकिन्छ । त्यसैले पनि परिवर्तीत समाजमा धर्म संस्कारलाई यथावत् राख्दै पक्रियाको आधुनिकिकरणमा जानुपर्ने आजको आवश्यकता बनेको छ ।

प्रतिक्रिया दिनुहोस