आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराका थुप्रै पूर्ण तथा अति अपाङ्गता भएकाहरु अझैसम्म अपाङ्गता परिचय पत्र पाउनबाट वञ्चित

सुप्रिया ढकाल २०७८ श्रावण ३२, सोमबार ( ३ साल अघि) ८७९ पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालीका ४ औराहा निवासी २५ बर्षिय देवकुमार चौधरी मनोसामाजिक अपांगताबाट ग्रसीत छन् । उनि प्राय औराहाको चौधरी टोल वरीपरी नै दिनभरी घुमिरहेका भेटिन्छन् । केहिले बाटोमा फ्याकिएको फोहोर टिपेर खादै हुन्छन् उनि त कहिले अर्धनंग्न÷नग्न अवस्थामा बाटोमा हिडिरहेका हुन्छन् ।

 

भोक लाग्दा खानु र निन्द्र लाग्दा सुत्नु बाहेक उनिमा केहि चेतना छैन । स्थानिय छिमेकिहरु भन्छन्, देउकुमार दिनभरी नै घर बस्दैनन्, मौका पायो कि भागिहाल्छन् र गाउघरमा जे भेटिन्छ त्यहि चोरेर, झिकेर खाईदिन्छन् ।

देवकुमार चौधरी

देवकुमार चौधरी

देवकुमार  मात्र होईन उनका भाई १३ बर्षिय सन्तोष चौधरी पनि यस्तै मनोसामाजिक अपाङ्ग हुन् । सन्तोष भने दिनभरी घरमै बस्छन्, जे पाईन्छ त्यहि खान्छन् र सुतिरहन्छन् ।

सन्तोष चौधरी

सन्तोष चौधरी

दुई सन्तान मात्र कहा हो र ? उनिहरुको आमा ६१ बर्षकि भंगीयादेवी चौधरी पनि पछिल्लो केहि बर्षयता मानिसक समस्याबाट गुज्रिरहेको भन्दै उनका श्रीमान सत्य नारायण चौधरी दुखेसो गर्छन् । ४ बर्षअघिसम्म घरको सबै जिम्मेवारी सम्हाल्दै आएकि भंगियादेवीले अहिले खाना बनाउन सम्म पनि सक्दिनन् । औराहाको चौधरी टोलमा ६ धुर जग्गामा दुई कोठे बांसको टाटी लगाएर बनाईएको घर छ , त्यहि घरमा सत्य नारायणले कहिले काहि पाउने मजदुरीको भरमा आफ्नो ५ जनाको परिवार पालेका छन् ।

 

सत्यनारायण र उनकि पत्नि भंगियादेवीको ४ सन्तान हुन् । जसमध्यका जेठा छोरा देवकुमार  र कान्छा सन्तोष हुन् । माईली छोरी र साईला छोरा भने ठिक छन् । छोरीको विवाह भैसकेको सत्यनारायण बताउछन् । माईला छोरा भने बेरोजगार घुमिरहन्छन् । उराठलाग्दो र दयनिय उनिहरुको अवस्थामाथी जनप्रतिनिधिको ध्यान नगएपछि राष्ट्रिय अपांग महासंघ प्रदेश २ का सल्लाहकार संयोजक तथा नेपाल अपांग महासघ बाराका पूर्व अध्यक्ष गंगाप्रसाद वाग्लेको नेतृत्वमा सञ्चारकर्मीको टोली जादा उनिहरु मध्य कसैको अपांगता परिचय पत्र नबनेको पाईयो ।

अशिक्षा र चेतनाको कमीका कारण उनिहरु अझैसम्मपनि अपांगता परिचयपत्र पाउनबाट बञ्चित भएका हुन् । यता वाग्लेले उनिहरुको परिचय पत्र बनाउनका लागी आफुले पहल गरीरहेको बताउनुभएको छ । आफ्नै पहलमा उनिहरुको जन्मदर्ता र नागरीकता बनाईसकिएको बताउदै उहाले अब चाडै अपांगता अनुसारको परिचयपत्र बनाउने जानकारी दिनुभयो ।

 

अपांगता परिचय पत्र बनाउनका लागी पक्रिया

नागरिकता पाउने उमेर पूरा भएको भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि र नभएको भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइजको फोटो सहित सम्बन्धित वडाकार्यालयमा भत्ता प्राप्त गर्न आवश्यक पर्ने परिचयपत्र प्राप्त गर्नका लागि तोकिएको ढाँचामा आवेदन गर्नुपर्छ । वडाको सिफारीसका साथ सम्बन्धित चिकित्सकबाट अपांगता भएका ब्यक्तिको जांच गराई अस्पतालको रिपोर्ट सहित आवेदन सम्बन्धित पालिकाको सदरमुकाममा पेश गर्नुपर्ने हुन्छ ।

 

त्यसमा नगरपालिकास्तरीय परिचयपत्र सिफारिस समितिले सबै कागजपत्र ठिक भए नभएको जाचेर ठिक भए तोकेको कोटाअनुसार परिचयपत्र साथै भत्ता दिनुपर्ने व्यक्तिहरूका बारेमा सिफारीस गर्छ र स्थानिय तहले परिचय पत्र प्रदान गर्छ । उक्त परिचयपत्र हरेक वर्ष तोकिएको म्यादभित्र अनिवार्य नवीकरण गर्नुपर्ने हुन्छ ।

 

यहि प्रक्रिया बिभिन्न कारणले पुरा गर्न नसकेको यस्ता कैयौ अपाङ्गता भएका ब्यक्तिहरु अझैसम्म पनि आफुले पाउनुपर्ने अधिकारबाट वञ्चित छन् ।

नेपालको अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि नियमावली–२०७७ अनुसार अपांगता र रंगलाई यसरी वर्गीकरण गरीएको छ ।
(क) पूर्ण असक्त अपाङ्गताको लागी रातो,
(ख) अति असक्त अपाङ्गताको लागी निलो,
(ग) मध्यम अपाङ्गताको लागी पहेलो,
(घ) र सामान्य अपाङ्गताको लागी सेतो ।

प्रतिक्रिया दिनुहोस