आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुर मुख्य सडकमा डिभाईडर नराख्न माग गर्दै ब्यवसायीद्धारा ज्ञापन पत्र बुझाईयो

सुप्रिया ढकाल २०७८ श्रावण ३२, सोमबार ( ३ साल अघि) ५२१ पाठक संख्या

बारा । पथलैया बिरगञ्ज ब्यापारीक सडक मार्गमा निर्माण गरीएको डिभाईडरले ब्यापार ब्यवसायमा प्रभाव पारेको भन्दै जितपुर गुद्रि बजारका ब्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । २ बर्ष यता कोरोना महामारी तथा लकडाउनका कारण पिडित बन्दै आएका ब्यवसायीहरुलाई डिभाईडरले झनै मर्का परेको बिज्ञप्तीमा उल्लेख छ ।

 

ब्यवसायी तथा युवा नेता मनोजकुमार साहसहितका ब्यवसायीले जितपुर मुख्य बजार क्षेत्रमा रहेको २० फिट डिभाइडर प्रयोग नगर्न माग गर्दै सडक विभागका इन्जिनिय विबेक गुप्तालाई ज्ञापन पत्र बुझाएका हुन् । सडक निर्माणका क्रममा ठेकेदार कम्पनीले गरेको चरम लापर्वाहिको पत्रमा बिरोध गरीएको छ । पछिल्लो ३ बर्षदेखी सडकको धुलो धुवाँ सहेर ब्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायीलाई झनै मर्का पर्नेगरी डिभाईडर बनाईएको पत्रमा उल्लेख छ ।

 

जितपुरसिमराको सबैभन्दा ठुलो बजारको रुपमा रहेको जितपुर गुद्री बजार सबैभन्दा धेरै कर तिर्ने बजारको रुपमा पनि चिनिन्छ । तर हरेक तवरबाट यसै बजारमा प्रहार गर्ने काम भईरहेको ब्यवसायीहरुको ठम्याई छ । बारा, पर्सा तथा रौतहटदेखी शर्वसाधारणहरु किनमेलका लागी आउने यस बजारको मुख्य चोकमा राखीएको डिभाईडरका कारण दिनप्रतिदिन बजार आउनेको संख्या घट्दै गएको युव नेता साहले बताउनुभयो ।

 

सडकको विवादीत नक्साले जीतपुरको तरकारी तथा गुदरी बजार पुर्ण रुपले सुक्न सक्नेतर्फ सडक बिभागको ध्यानाकर्षण गराईएको हो ।सडक विभागले बजारलाई कुनै प्रकारको असर नपर्ने गरि बाटो निमार्ण गर्नुपर्नेमा बजारको मुख्य चौकमा नै सडक विभागले डिभाइडर हाल्ने निर्णय लिएको प्रति ज्ञापन पत्रमा आपत्ति जनाईएको छ ।

 

यता सडक विभागका इन्जिनियर बिवेक गुप्ताले रोडको नक्सा अनुसार नै काम भैरहेको जानकारी दिनुभएको छ । जितपुरको टेडा चौक देखि जगदम्बा केराढोका को बिचमा कुनै प्रकारको डिभाइडर प्रयोग नहुने उहलो बताउनुभयो । नक्सा अनुसार जितपुर बाजरको मुख्य चौकमा कुनै प्रकारको डिभाइडर प्रयोग नहुने उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस