आज:  २०८१ माघ २, बुधबार | Wed, 15, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

चेन्नई सुपर किंग्समाथि दिल्ली क्यापिटलको शानदार जित

एपी खबर २०८० चैत्र १९, सोमबार ( ९ महिना अघि) १४५ पाठक संख्या

सिमरा – इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि दिल्ली क्यापिटलले शानदार जित निकालेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। १९२ रनको लक्ष्य पछ्याएको चेन्नई ६ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो। पहिला ब्याटिङ गरेको दिल्लीका लागि डेविड वार्नर र कप्तान ऋषभ पन्तले अर्धशतक बनाए। ओपनर डेविड वार्नरले सर्वाधिक ५२ रन बनाए। ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए। पृथ्वी साह ४३ र मिचेल मार्स १८ रनमा आउट हुँदा अक्षर पटेल ७ रनमा अविजित रहे।

 

चेन्नईका मथिशा पथिरानाले सर्वाधिक ३ विकेट लिए। मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट हात पारे। दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात खराब भयो। चेन्नईका ओपनर १ र २ रनमै आउट भए। कप्तान रितुराज गायकवाड दुई बल खेलेर १ रनमा आउट भए भने रचिन रविन्द्र १२ बल खेल्दा २ रन बनाएर आउट भए। चेन्नईका लागि अजिंक्य रहाणे सर्वाधिक ४५ रन जोडे। डेरिल मिचेल ३४ र शिवम दुबे १८ रनमा आउट भए भने समीर रिजवी शून्यमा समेटिए।

 

चेन्नईका लागि महेन्द्र सिंह ध्वनी र रविन्द्र जडेजाले सम्हालिएर प्रदर्शन गरे पनि जितका लागि त्यो पर्याप्त भएन। ध्वनीले नटआउट ३७ रन जोड्दा जडेजाले नटआउट २१ रन बनाए । दिल्लीका लागि मुकेश कुमार ३, खलील अहमद २ विकेट लिँदा अक्षर पट्टेलले १ विकेट हात पारे। तीन खेल खेल्दा चेन्नईले पहिलो हार भोगेको छ भने समान खेलमा दिल्लीले पहिलो जित निकाल्दै अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस