आज:  २०८२ बैशाख २५, बिहिबार | Thu, 08, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तान बिरूद्दको अन्तिम खेलमा नेपालको सान्तवना जीत

एपी खबर २०८१ चैत्र २६, बुधबार ( ४ हप्ता अघि) ८१ पाठक संख्या

नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

 

अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकवर्थ लुइस पद्धति ९डिएलएस० का आधारमा ८५ रनको जित निकालेको हो ।

 

मुलपानी किकेट मैदानमानेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०।१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः खेलाउन नसकिने भएपछि नेपाललाई विजेता घोषणा गरिएको हो ।

 

तर यो जित नेपालका लागि भने सान्त्वना जीत मात्रै रहन पुग्यो । अफगानिस्तानले तीनवटा खेलको शृंखला मध्ये २ जीत आफ्नो पक्षमा पारेको थियो । यसअघि अफिगानिस्तानले १३० र एक रनको जित निकालेर शिर्ष स्थानमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस